२५ न. वडालाई पुर्ण खोप सुनिश्चिता घोषणा

हेमजा, ८ जेठ
पोखरा महानगरपालिका वढा न. २५ हेमजालाई राष्ट्रिय खोप सुनिश्चता तथा दिगोपना घोषणा कार्यक्रम बुधबार वडा कार्यालय हेमजामा भएको छ ।

कार्यक्रममा वडा सचिब इश्वरि पोखलले महानगरबाट प्रतिनिधी नआएकोमा दुःख ब्यक्त गर्दै वडाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । हेमजा स्वास्थ्य चौकि प्रमुख हेलन पन्त बोहोराले हेमजामा आजसम्मको तथ्यङक अनुसार १६० जना बालबालिका रहेको र उनिहरुलाइ पुर्णरुपमा खोप लगाइएको बताइन । उनले भनिन – यो कार्यक्रम बैशाखमा नै गर्नु पर्ने भएता पनि ४ जना बालबालिकाले खोप नलगाएकाले जेठ महिनामा गरिएको हो ।

कुनै पनि बालबालिका खोपबाट छुट्न नहुने र यसको लागि मिडिया र बिद्यलयबाट पनि सहयोग गर्न आग्रह गरिन । कार्यक्रममा वडा सदस्य जितबहादुर कार्की, महिला स्वयमसेबिका अध्यक्ष शान्ता के.सी, ग्राम प्रकास प्रा.बिका प्रध्यपक मनोहरि तिमिल्सिनाले आफनो भनाइ राखेका थिए ।

स्वास्थ्य चौकि ब्यबस्थापन समितिका अध्यक्ष सोभाखर तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा स्वगत उपाध्यक्ष धर्मराज बाँस्तोलाले र सञ्चालन प्रमुख बाहोराले गरिन ।