कास्कीका थप १९६ जनामा सङ्क्रमण : गण्डकीका १० सहित देशभर थप २० जनाको मृत्यु

corona

साउन ३०, कास्की,

शनिबार (आज) गण्डकी प्रदेशमा थप ३ सय १७ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा ८ सय ६७ जनामा गरिएको नमुना परीक्षणमा थप ३१७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

थप संक्रमण पुष्टि हुनेमा कास्कीका १९६ जना सहित नवलपुरका ४० जना, बागलुङका २७ जना, स्याङ्गजाका १५ जना त्यस्तै तनहुँ, गोरखा, लमजुङ, पर्वत, र म्याग्दी जिल्लाका एकएक जना रहेका छन् । योसंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ७५ हजार ३ सय ६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ५ सय ८ जना कोरोनामुक्त भएसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको कूल संख्या ६८ हजार २४ पुगेको छ ।

त्यस्तै शनिबार गण्डकीमा थप १० जनाको मृत्यु पुष्टि भएको छ । थप मृत्यु पुष्टि हुनेमा कास्कीका ५ जना सहित नवलपुर, गोरखा, बागलुङ, स्याङ्गजा र म्याग्दीका एकएक जना रहेका छन् । योसंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार १ सय ८० पुगेको छ ।
यसैबिच
देशभर थप २ हजार ६ सय २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जम्मा १३ हजार ५ सय ७३ जनाको परीक्षण गर्दा २ हजार ६ सय २४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो कुल परीक्षणको १९ दशमलव ३३ प्रतिशत हो । पछिल्लो २४ घण्टामा १ हजार ३ सय २० जना निको भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा थप २० जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । अहिले नेपालमा ३९ हजार ४ सय ५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

सक्रिय सङ्क्रमितमध्ये ७ सय ६० जनाको आईसीयू र १ सय ८६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले बताएको छ ।