प्रेमिल गित ‘सानुमाया ’ सार्वजनिक

sanu maya

बैशाख ३०, पोखरा,

गायक महेन्द्र राज बराल र गायिका समीक्षा अधिकारीको नयाँ गीत ‘सानुमाया ’ गीतको भिडियो सार्वजनिक भएको छ । ‘सानुमाया ’ एक प्रेमपुर्ण कोमल भावको स्पन्दन हो जसमा जिबेश गुरुङ र दिया जी सीको अभिनय रहेको छ ।

‘सानुमाया ’ को भिडियोमा किरण दाहाल र बिबेक मगरको निर्देशन तथा कथा रहेको छ । यस गीतमा शब्द तथा संगीत हरि लम्साल को रहेको छ भने यो गीत महेन्द्र राज बराल युटुब च्यानल बाट सार्वजनिक गरिएको छ ।

‘सानुमाया ’ अघि महेन्द्र राज बरालको तिमी कहाँ , जोगी हैन भोगी, नभए सहारा, बोलिदेउ सान्नानी, रूमालै चिनो धोइधोइ , जस्ता गीतहरुबाट दर्शकको मन जित्न सफल भैसकेका छन् ।