जबर्जस्ती करणी आरोपमा कास्कीका हर्क बहादुर बि.क.पक्राउ

pakrau bk

साउन १२, कास्की

१९ वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

निज युवतीलाई ललाई फकाई प्रलोभनमा पारी जबर्जस्ती करणी गरेको जाहेरीको आधारमा प्रहरीले एक व्यक्तिलाई सोमबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्लाको माछापुछ्रे गाउँपालिका स्थायी घर भइ हाल पोखरा महानगरपालिका –२५ हेमजा बस्दै आएका ३२ वर्षीय हर्क बहादुर बि.क. रहेका छन् ।

पक्राउ परेका बिक विरुद्ध करणी सम्बन्धी कसुरमा मुद्धा दर्ता गरी थप अनुसन्धान प्रकृया अगाडी बढाईएको कास्कीका प्रहरी प्रवक्ता तथा डिएसपी सुवास हमालले जानकारी दिए ।