निजि सवारिमा मंगलबार देखि जोर विजोर प्रणालि लागु गर्दै निषेधाज्ञाको समय थप

nisedh

असार ७, कास्की

कास्किमा सोमबार राति १२ बजे देखि आउँदो १५ गते सम्म केहि खुकुलो गरि निषेधाज्ञाको समय थप गरिएको छ ।

मंगलबारदेखि निजि सवारिमा जोरविजोर प्रणालि लागु गरि सञ्चालन गर्न पाईने भएको छ भने सार्वजनिक यातायातमा निषेध कायमै रहेको छ । त्यस्तै मंगलबार देखि खाद्य सामाग्रिका पसल २ घण्टा थप गरेर विहान ५ बजेदेखि मध्यान १२ बजे सम्म खोल्न पाईने जिल्ला प्रशासन कार्यालय कास्कीद्धारा जारि गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणको जोखिम कायमै रहेकोले सरकारले जारि गरेको स्वास्थ्य मापदण्डलाई पूर्णरुपमा पालना गर्न पनि कार्यलयले अनुरोध गरेको छ ।