नेप्सेमा फेरि अर्को कीर्तिमान

nepse

साउन १२, काठमाण्डौ,

शेयर बजार कारोबार मापक नेप्से परिसूचकले सबैभन्दा उच्च विन्दुको कीर्तिमान बनाएको छ । गएको आइतवार तीन हजार ५८ विन्दुमा पुगेर कीर्तिमान बनाएको नेप्सेमा आज मङ्गलवार तीन हजार ७९ विन्दुको नयाँ कीर्तिमान बनेको छ ।

आज बैंकिङ, व्यापार, होटल र माइक्रोफाइनान्सबाहेक अरू सबै समूहको शेयर बढेपछि नेप्से २९ दशमलव २४ अङ्कले बढेर तीन हजार ७९ दशमलव ६७ विन्दुमा पुगेको छ । आज विकास बैंक समूहको शेयर साढे ३५ अङ्कले बढेको छ ।

यस्तै जलविद्युत् समूहको एक सय १९ अङ्कले, फाइनान्स समूहको ७१ अङ्कले, जीवन बीमा समूहको दुई सय ६० अङ्कले, निर्जीवन बीमा समूहको एक सय २० अङ्कले, उत्पादन समूहको तीन सय पाँच अङ्कले, अन्यको ६० र लगानी समूहको शेयर तीन अङ्कले बढेको छ ।

आज दुई सय २५ कम्पनीका तीन करोड २३ लाख कित्ता शेयर १५ अर्ब १७ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ४९ करोड १५ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।