पोखरामा कोरोना विरुद्धको खोप कार्यक्रम स्थगित, खोप पाउनुपर्ने भन्दै यातायात मजदुरहरु आन्दोलित

majdur

साउन २, कास्की,

कास्कीको पोखरा महानगरपालिकामा शनिबार (आज) लगाउने भनिएको कोरोना विरुद्धको खोप कार्यक्रम स्थगन भएको छ । गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारीको अध्यक्षतामा कोभिड खोप व्यवस्था सम्बन्धि बसेको बैठकले चीनबाट खोप आउनमा ढिलाइ भएकाले स्थगित कार्यक्रम स्थगित भएको ।

खोप लगाउन पर्खनेको भिड

शनिवारकालागि आवश्यक मात्रामा खोप उपलब्ध नभएको तर भोलि अर्थात आइतबारका लागि निर्धारित खोप कार्यक्रम भने यथावत रुपमा सञ्चालन हुने पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाले जनाएको छ ।
यसैबिच
कोरोना विरुद्धको खोप माग गर्दै पोखराका यातायात मजदुरहरुले आन्दोलन गरेका छन् । शनिबार विहान पोखरामहानगरपालिकाले खोप स्थगन गरेको सुचना सार्वजनिक गरेसँगै नेपाल यातायात स्वतन्त्र मजदुर संघमा आबद्ध मजदुरहरु सडकमा उत्रिएका हुन् ।

आन्दोलित मजदुरहरु

नेपाल यातायात स्वतन्त्र मजदुर संघले खोप नपाउँदा सम्म आन्दोलन जारि रहने बताएको छ । आन्दोलन कर्ताहरुले खोप कार्यक्रममा आफ्ना आसेपासेहरुलाई खोप उपलब्ध गराएर मजदुरहरुलाई अवहेलना गरेको आरोप लगाएका छन् । उनिहरुले केन्द्र सरकारले मजदुरकैलागि भनि तोकेर पठाएको खोप कहाँ गयो भन्दै स्थानिय सरकारसँग प्रश्न गरेका छन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संघले आफुहरुलाई खोपको व्यवस्था नगरेसम्म सुरक्षित साथ काम गर्ने वातावरण नभएकाले तत्काल खोपको उपलब्धतालाई सहज बनाउन सरकारसमक्ष आग्रह गरेको छ । सरकारले यथाशिघ्र खोपको व्यवस्था नगरे यो भन्दा कडा रुपमा आन्दोलनमा उत्रने मजदुरहरुले चेतावनी समेत दिएका छन् ।