चार पूर्वमाओवादी नेताले दायर गरेको रिटमा आज सुनुवाइ भएन

4 samsad

साउन १४, काठमाण्डौ,

सांसद् पद पुनर्बहालीको माग गर्दै पूर्व माओवादीका चार नेताहरूले दायर गरेको रिट सर्वोच्च अदालतको हेर्न नभ्याइनेको सूचीमा परेको छ ।

न्यायाधीश दीपककुमार कार्कीको एकल इजलास परे पनि बिहीबार लागूऔषधको मुद्दाको सुनुवाइका कारण हेर्न नभ्याइनेमा परेको सर्वोच्चले जनाएको छ ।

सर्वोच्च अदालतको २०७७ फागुन २३ गतेको फैसलापछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुई कित्तामा विभाजन भए पनि नेताहरु टोपबहादुर रायमाझी, प्रभु शाह, गौरीशंकर चौधरी र लेखराज भट्ट निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिँदै एमालेमा प्रवेश गरेका थिए ।

एमालेमा प्रवेश गरेको भन्दै पार्टी सदस्यबाट बर्खास्त गर्दै सांसद् पदसमेत नरहने गरी माओवादी केन्द्रले कारवाही गरेपछि चार नेता सांसद् पद पुनर्बहालीको माग गर्दै बुधबार सर्वोच्च पुगेका थिए ।