एमालेको नेपाल पक्षद्धारा ओलीपक्षको उग्र क्रियाकलाप तत्काल रोक्न माग, भोली पीभी विउँत्याउने तयारी

madhav-_kumar-_nepal

साउन ६, कास्की,

नेकपा एमालेको माधवकुमार नेपाल पक्षले ओली पक्षका कार्यकर्ताले गरेका प्रदर्शन र उग्र क्रियाकलाप तत्काल रोक्न माग गरेको छ । नेपाल पक्षको आज बुधवार बसेको स्थायी कमिटीको बैठकले एकता प्रक्रिया चलिरहेको अवस्थामा वरिष्ठ नेता माधवकुमार नेपाललाई भौतिक कारबाहीको धम्की दिने, चर्का नाराबाजी गर्ने, पुतला दहन गर्ने लगायतका गैर राजनीतिक क्रियाकलाप आपत्तिजनक भएको निष्कर्ष निकालेको छ ।

आफ्नै पार्टीका नेताहरूलाई धम्की दिने, शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदलाई आतङ्कित पार्ने लगायतका गतिविधि हुनु दुःखद भएको भन्दै तत्काल बन्द गराउन अध्यक्ष ओलीको ध्यानाकर्षण गराएको नेता रघुजी पन्तले जानकारी दिनुभयो ।
यसैबिच
नेकपा एमालेको माधवकुमार नेपाल समूहले ‘पीपुल्स भोलेन्टियर’ (पीभी) ब्यूँताउने भएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओली समूहले युथफोर्स ब्यूँताएपछि नेपाल समूहले एमालेकै आठौँ महाधिवेशनबाट विघटन भएको पीभी ब्यूँताउन लागिएको हो ।

पीभीको घोषणा बिहीबार माधवकुमार नेपालले एक कार्यक्रमकाबीच गर्ने युवासंघका उपमहासचिव सञ्जीप राईले जानकारी दिनुभयो । त्यसो त नेपाल समूहको अखिलले यूथफोर्सलाई प्रतिवाद गर्न भन्दै तपेन्द्रजंग शाहीको संयोजकत्वमा अखिल फोर्स गठन गरिसकेको छ ।