देशभरको मौसम बद्ली : गण्डकीबाहेक सबै प्रदेशमा वर्षा

chattyang sahit barsa

जेठ ७, कास्की,


देशभरको मौसम बद्ली भएको छ । अहिले गण्डकीबाहेक सबै प्रदेशमा पानी परेको छ । थोरै ठाउँमा भारी र कतै थोरै पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसोपख पनि सुदूरपश्चिम, कर्णाली, वाग्मती र प्रदेश–१ का केही ठाउँ र लुम्बिनी, गण्डकी र प्रदेश–२ का थोरै ठाउँमा मेघगर्जन÷चट्याङ्गसहित पानी पर्ने सम्भावना छ ।
सुदूरपश्चिम, वाग्मती, प्रदेश–१ र २ का एक÷दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । भारतमा आएको चक्रवात ताउ–ते आँधीपछि बनेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण मौसम बद्ली भएको हो । देशका केही ठाउँमा हिजो पनि पानी परेको थियो ।
आज बेलुकादेखि मौसम बिस्तारै खुल्दै जाने महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । आजराति प्रदेश–१ र २ सहित बाँकी पहाडी क्षेत्रमा मौसम बद्ली हुने र अरु ठाउँको मौसम सफा हुने अनुमान छ । त्यस्तै हिमाली क्षेत्रमा छिटफुट हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।