एमसीसी राष्ट्रिय सहमतिमा पास हुनुपर्नेमा सभामुख सापकोटाको जोड

sapkota

साउन २७, काठमाण्डौ,

सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग परियोजना एमसीसीमा राष्ट्रिय सहमति होस् भन्ने चाहना रहेको बताउनुभएको छ ।

बुधबार आफ्नै कार्यकक्षमा पत्रकारसँग कुरा गर्दै उहाले एमसीसीमा राष्ट्रिय सहमति हुनुपर्ने बताउनुभएको हो ।

‘एमसीसीको विषयमा म तटस्थ ढंगले अध्ययन गरिरहेको छु, यो अगाडि बढाउने सन्दर्भमा म चाहन्छु, राष्ट्रिय सहमति होस्, किनभने यो जनताको घरघरमा पुगेको विषय छ’ उहाले भन्नुभयो ।

यदि राष्ट्रिय सहमति हुन नसके पनि संसदमा भएका दलहरुबीच सहमति हुनुपर्ने र त्यो पनि नभए सत्ता गठबन्धनमा रहेका दलहरुबीच सहमति हुनुपर्ने सभामुख सापकोटाले बताउनुभयो ।

उहाले आफू सिन्धुपाल्चोकको जुगल गाउँपालिका गएका बेला एक जना स्थानीयले तामाङ भाषामा कुराकानी गर्दै एमसीसी पारित गर्न नहुने बताएको भन्दै जनतामा एमसिसिबारे गलत अफवाह फैलाईएको बताउनुभयो ।

अमेरिकी सहयोग परियोजनासम्बन्धी सम्झौता अनुमोदनका लागि संसदमा विचाराधीन रहेको छ ।