एसईईको नतिजा सार्वजनिक (यसरी हेर्न सकिन्छ)

see

साउन २३, कास्की,

२०७७ को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले विद्यालयले गरेको आन्तरिक मुल्याङ्कनलाई प्रमाणीकरण गरेको परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

विद्यालयको आन्तरिक मूल्यांकनलाई प्रमाणीकरण गरेको हुनाले बोर्डले यो वर्ष पनि नतिजा विश्लेषण नगरेको पनि अधिकारीले बताउनुभयो । नतिजा के कस्तो हुन्छ भनेर विद्यालयलाई पहिले नै जानकारी हुने भएकाले नतिजा विश्लेषण गर्नुको अर्थ नरहेको उहाँको भनाई छ ।

www.see.gov.np, www.neb.gov.np, www.see.ntc.net.np,  www.ncell.axiata.com लगायतबाट एसईईको नतिजा हेर्न सकिनेछ।