आईतबार नेप्से झन्डै ५५ अङ्कले बढ्यो

Share_nepse_market

साउन १०, कास्की,

हप्ताको पहिलो दिन (आईतबार) शेयर बजार कारोबार मापक (नेप्से) झन्डै ५५ अङ्कले बढेको छ । होटल र म्युचल फन्ड समूहबाहेक अरू समूहको शेयर बढेपछि नेप्से ५४ दशमलव ३१ अङ्कले बढेर तीन हजार ५८ दशमलव ६३ विन्दुमा पुगेको छ ।

आज बैकिङ समूहको शेयर ७२ अङ्कले, व्यापारको झन्डै तीन अङ्कले, विकास बैंकको १३ अङ्कले, जलविद्युतको ७१ अङ्कले, फाइनान्सको २५ अङ्कले र माइक्रोफाइनान्स समूहको शेयर ८६ अङ्कले बढेको छ । यस्तै जीवन बीमा समूहको शेयर ३१ अङ्कले, निर्जीवन बीमाको ४८ अङ्कले, उत्पादनको ७२ अङ्कले र अन्य समूहको शेयर ६ अङ्कले बढेको छ ।

आज दुई सय २३ कम्पनीका चार करोड ४१ लाख कित्ता शेयर १४ अर्ब ३० करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल बैंक र ग्लोबल आईएमई बैंकको शेयर ४९÷४९ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।