तत्काल कर तिर्न नसकिने भन्दै गण्डकी प्रदेश चेम्बर अफ कमर्सद्धारा सरकारको ध्यानाकर्षण

pokhara chember

असार ४, कास्की,

गण्डकी प्रदेश चेम्बर अफ कमर्सले सरकारले तोकेको समय सीमा भित्र कर बुझाउन नसक्ने बताएको छ । चेम्बरले तुरुन्तै कर तिर्न नसक्ने भन्दै सरकार ध्यानाकर्षण गराएको हो ।

कोभिड १९ रोकथाम तथा नियन्त्रणको लागि जिल्ला जिल्लामा स्थानीय प्रशासनले जारी निषेधाज्ञाले व्यापार व्यवसाय ठप्प रहेकोले सरकारले तोकेको असार २५ गतेसम्मको समय सीमामा कर तिर्न नसक्ने गण्डकी प्रदेश चेम्बरले जनाएको छ । अध्यक्ष किसान सुनारले अहिलेको कठिन परिस्थितीमा तुरुन्तै कर तिर्न नसक्ने भएकोले असार २५ गतेसम्मको समय सीमा बारे पुनर्विचार गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

चेम्बरले गण्डकी प्रदेशका सबै जिल्लामा निषेधाज्ञा जारी रहेकोले सबै व्यवसायीलाई एउटै दर्जामा राखेर कर तिर्न दबाव नदिन सरकारको ध्यानाकर्षण गराएको छ । उद्योगी व्यवसायीलाई निषेधाज्ञा खुलेको कम्तीमा ३ महिना समय सीमा तोक्न चेम्बरले सरकारसँग आग्रह गरेको छ ।

आन्तरिक राजस्व विभागले गत बुधबार एक सूचना प्रकाशित गरी कर विवरण तथा कर दाखिला गर्ने म्याद असार २५ गतेसम्म तोकेको छ भने तोकिएको हो ।