वेगनासमा ‘कोभिड फ्रन्टलाईनरहरुलाई पेन्टिङद्धारा सम्मान

mural

साउन १२, कास्की,

कोभिड फ्रन्टलाइनरहरुलाई सम्मान प्रकट गर्दै पोखरा ३१ वेगनासताल नजिकैको भित्तामा आकर्षस पेन्टिङ बनाईएको छ । वेगनासताल नजिकै रहेको गोदामको भित्तामा कोरोना महामारीमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र सरसफाइमा खटिएकाहरूको चित्र कोरेर सम्मान प्रकट गरिएको हो ।

पोखरा २९ का बिबेक गुरुङ र उहाँको टिमले करिब ५ दिन लगाएर उक्त पेन्टिङ बनाएका हुन् । उक्त मुरल संगै कोरोना महामारीले विश्व आक्रान्त पारेको र मास्कले सुरक्षित बनाउन सहयोग गर्ने अर्को प्रतीकात्मक तस्विर समेत बनाईएको छ ।

कोरोनाको महामारीमा क्रममा अग्रपंक्तिमा खटिएका सम्पूर्ण व्यक्तिहरुप्रति माया र सम्मान व्यक्त गर्दै उनीहरूको काममा थप हौसला मिलोस् भनेर भित्तामा उक्त कला बनाइएको वेगनास युवा क्लवका अध्यक्ष निराजन बरालले बताउनुभयो ।