आज दिउँसो कांग्रेस पदाधिकारी बैठक बस्दै

image

साउन १, काठमाण्डौ

नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्दै छ। । बैठक आज दिउँसो २ बजेका लागि पार्टी कार्यालय सानेपामा बोलाइएको छ।

बिहीबार नै बस्ने भनिएको बैठक प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको व्यस्तताले आजका लागि सारिएको थियो। बैठकमा महाधिवेशन कार्यतालिका हेरफेरको प्रस्ताव पदाधिकारी र पूर्व पदाधिकारीमा लैजाने तयारी गरिएको छ। त्यसका लागि मंगलबार नै बैठक बोलाइएको थियो।

तर, सर्वोच्च अदालतले सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि बैठक स्थगित गरिएको थियो। त्यसपछि बिहीबारका लागि बोलाइएको बैठक पनि शुक्रबारसम्मका लागि सारिएको थियो। बैठकमा कार्यतालिका हेरफेरको प्रस्ताव पेश बताइएको छ।

कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने गरी तय भएकोमा कार्यतालिका फेरि हेरफेर गर्न लागिएको हो।

क्रियाशील सदस्यता छानबिनको काम नसकिएपछि कार्यतालिका हेरफेर गर्ने तयारी गरिएको एक नेताले जानकारी दिए। असार ४ गते बसेको केन्द्रीय समिति बैठकले भदौ १६ बाट महाधिवेशन सुरु गर्ने गरी कार्यतालिका पास गरेको थियो।