कास्कीका २ सय ५५ जना सहित देशभर थप ३ हजार १ सय ६ जनामा संक्रमण पुष्टि,गण्डकीका ८ सहित २३ जनाको मृत्यु

corona update

साउन १६, कास्की,

शनिबार गण्डकीका थप ५ सय १९ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार २ सय १ जनामा गरिएको नमुना परीक्षणमा थप ५ सय १९ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।

थप संक्रमण पुष्टि हुनेमा कास्कीका २ सय ५५ जना सहित, तनहुँका १०७ जना, गोरखाका ५७ जना, नवलपुरका ५४ जना, स्याङ्गजाका ३६ जना, बागलुङका ८ जना र लमजुङका २ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट २२२ जना कोरोनामुक्त भएका छन् । अहिले प्रदेशमा कोरोनाका सक्रिय संक्रमित ६ हजार ५४ जना रहेका छन् ।

यस्तै शनिबार गण्डकीमा थप ८ जनाको कोरोनाबाट मृत्यु भएको छ । थप मृत्यु पुष्टि हुनेमा कास्की ४ जना सहित नवलपुरका दुई तथा स्याङ्गजा र पर्वतका एकएक जना रहेका छन् ।
यसैबिच
देशभर थप ३ हजार १ सय ६ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५ सय १९ जनामा गरिएको परीक्षणमा ३ हजार १ सय ६ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट थप २३ जनाको मृत्यु भएसँगै मृतकको संख्या ९ हजार ८ सय ५७ पुगेको छ ।

सोही अवधिमा १ हजार ९ सय १६ जना निको हुँदा कुल संक्रमणमुक्त हुनेको संख्या ६ लाख ५४ हजार १ सय ७७ जना पुगेको छ ।

त्यस्तै मन्त्रालयका अनुसार हालसम्म ३९ लाख ३६ हजार ७ सय २४ जना कोभिडविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् भने पूर्ण मात्र खोप लगाउनको संख्या १७ लाख ४५ हजार ९ सय ३ जना रहेका छन् ।