
साउन ३, कास्की,
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएको केहि मिनेटपछि नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिनु भएको छ ।
मोदीले आफ्नो ट्वीटर एकाउण्ट मार्फत बधाई दिँदै प्रधानमन्त्री देउवाको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ ।
साथै मोदीले देउवाको कार्यकालमा दुई देशबीचका विशिष्ट सम्बन्ध थप सुधार हुनुका साथै नागरिकबीचको सम्बन्ध थप गहिराइमा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
