मेस्सी र पीएसजीबीच दुई वर्षका लागि सम्झौता

Lionel-Messi 11

साउन २६, एजेन्सी,

अर्जेन्टिनी स्टार फुटबल खेलाडी लियोनल मेस्सीले अब फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)बाट खेल्ने भएका छन् ।
केही दिनअघि बार्सिलोनाबाट बिदा भएका मेसीले दुई वर्षका लागि मंगलबार पीएसजीसँग सम्झौता गरेको बीबीसीले जनाएको छ । सम्झौताअुनसार मेस्सीले प्रति वर्ष २५ मिलियन युरो पाउनेछन् । ३५ वर्षीय मेसीले बार्सिलोनामा १७ वर्ष बिताएपछि क्लब छोडेका हुन् । पिएसजीले अब चाँडै मेस्सीलाई औपचारिक रुपमा सार्वजनिक गर्ने बताइएको छ ।
बार्सिलोनाले आर्थिक र संरचनागत कारण देखाएर मेस्सीलाई क्लबमा राख्न नसकिने जनाएको थियो ।