गण्डकीका मुख्यमन्त्री सहित ७ जना प्रदेशसभा सदस्यलाई कोरोना संक्रमण, २७ गते अविस्वास प्रस्तावमाथि मतदान हुने

गण्डकी-प्रदेशसभामा

बैशाख २४, पोखरा,

गण्डकी प्रदेशका जम्मा ७ जना प्रदेशसभा सदस्यलाई कोरोना संक्रमण भएको छ । हिजो थप दुई सांसदाई कोरोना संक्रमण पुष्टि भएपछि संक्रमित सांसदको संख्या ७ पुगेको हो ।

हिजो सांसदद्वय हरिशरण आचार्य र पियारी थापालाई कोरोना पुष्टि भएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्लाई पनि गत बुधबार कोरोना पुष्टि भैसकेको छ । यसअघि, नेकपा एमालेका राजिव पहारी र प्रभा कोइराला, काँग्रेसकी मनकुमारी गुरुङ र राष्ट्रिय जनमोर्चाका खीमविक्रम शाहीलाई कोरोना भएको थियो ।

यसैबिच हिजो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले यहि वैशाख २७ गते प्रदेशसभा बैठक बस्ने निर्णय गरेको छ । २७ गते सोमबार विहान ११ बजेकालगि बैठक डाकिएको छ ।

सोहि दिन मुख्यमन्त्री गुरुङ विरुद्धको अविश्वासको प्रस्तावमाथि मतदान गर्ने कार्यसूचि समेत तय भएको संसद सचिवालयले जानकारी दिएको छ । कोरोना संक्रमित सदस्यहरुले संसद बोल्न नपाउने तर स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मतदानमा भने भाग लिन दिईने यसअघि नै दलहरुबिच सहमति बनिसकेको छ ।