कास्कीका ३ जना सहित देशभर थप १९ जनाको कोरोना संक्रमणबाट मृत्यु, २४ घण्टामा ३ हजार २ सय १८ संक्रमित थपिए

corona

साउन २३, कास्की,

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप ५ सय ७३ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको पछिल्लो जानकारी अनुसार प्रदेशका १ हजार २ सय २० जनामा गरिएको नमुना परीक्षणमा कास्कीका १८३ सहित थप ५ सय ७३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

थप संक्रमण पुष्टि हुनेमा कास्कीका १८३ जना सहित, गोरखाका १०९ जना, तनहुँका ९६ जना, नवलपुरका ६४ जना, बागलुङका ५४ जना, लमजुङका २७ जना, म्याग्दीका २४ जना, स्याङ्गजाका १४ जना र पर्वतका २ जना रहेका छन् । २४ घण्टामा गण्डकीबाट ५ सय ३८ जना कोरोनामुक्त भएसँगै प्रदेशमा सक्रिय संक्रमितको संख्या ७ हजार २ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप ५ जनाको मृत्यु पुष्टि भएको छ । थप मृत्यु पुष्टि हुनेमा कास्कीका ३ जना सहित नवलपुर र लमजुङका एकएक जना रहेका छन् ।
यसैबिच
देशभर थप ३ हजार २ सय १८ जनामा संक्रमण पुष्टि भएको छ । २४ घण्टामा जम्मा १३ हजार ५ सय ७३ जनाको नमुना परिक्षण गर्दा ३ हजार २ सय १८ अर्थात झण्डै २४ प्रतिशतमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप १ हजार सात सय २२ जना निको संक्रमणमुक्त हुँदा थप १९ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

अहिले देशभर ३५ हजार ४ सय ३२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले बताएको छ ।