पोखरामा कुखुराको मासु अन्तभन्दा किलोमै १०० रुपैयाँ महँगो : बजार अनुगमन नहुँदा व्यापारिको मनलाग्दि

chicken-pokhara

साउन २७, कास्की,

अन्य स्थानको तुलनामा कास्कीमा कुखुराको मासुको मुल्य निकै उच्च भएको उपभोक्ताहरुले गुनासो गरेका छन् ।
काठमाडौं र चितवनमा बोइलर कुखुराको मासुको मूल्य प्रतिकेजी ३ सय ५० रुपैयाँ छ । तर, पोखरामा त्यही मासुलाई प्रतिकेजी ४ सय ५० रुपैयाँ तिर्नुपर्छ । कुखुरा आयातमा लगाइएको सिन्डिकेटले पोखरामा मासु महङ्गो भएको हो ।

जानकारहरु भन्छन्, ‘बोइलर कुखराको मासु पाइने चितवनबाट कुखुरा आयत गर्न दिइँदैन । आयातित कुखुरा मुग्लिङ कट्न नै नदिने अवस्था छ ।

स्थानीय उत्पादनमा धेरै लागत देखाइन्छ । सिन्डकेट लगाएर बजारमा प्रतिस्पधा गर्न दिइँदैन र बजार भाउ महँगो बनाइन्छ ।’ स्थानीय उत्पादनले धानिएको पोखराको मासु अन्य जिल्लाभन्दा किलोको १०० रुपैयाँले महँगो रहेको छ ।

पोखरामा सिधै मासु पसलेले कुखुरा किन्न पाउँदैनन् । कृषकबाट सप्लायर्सले किन्छ । सप्लायर्समार्फत पसलमा बेचिने पोल्ट्री व्यवसाय संघ कास्कीका अध्यक्ष गुरुप्रसाद पौडेलले बताउनुभयो ।

कुखुराको उत्पादन हुने केन्द्र चितवन हो तर काठमाडौंमा पनि पोखराको भन्दा मासु सस्तो रहेको छ ।

उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले बजार अनुगमन नहुँदा पनि मूल्य महँगो भएको हुनसक्ने बताउनुभएको छ । उहाँले मूल्य निर्धारण भएको एक सातासम्म नियम लागु गर्ने त्यसपछि फेरि मनपरि गर्ने व्यवसायिलाई कारवाहिको दायरमा ल्याउन बजार अनुगमन तीब्र बनाउनु पर्नेमा जोड दिनुभयो ।