सरकारद्धारा अक्सिजनमा लगाइएको कोटा प्रणाली खारेज

oxijan

बैशाख ३१, कास्की,

सरकारले अक्सिजन आपूर्तिमा अस्पतालहरुमा लगाएको कोटा प्रणाली खारेज गरेको छ । अक्सिजनको व्यवस्थापनको जिम्मेवारी स्वास्थ्य मन्त्रालयले पाएपछि शुक्रबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले कोटा प्रणाली खारेज भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयले सबै अक्सिजन उत्पादक उद्योगहरुलाई सम्बोधन गर्दै अस्पतालहरुमा साविककै नियमित ढुवानी प्रक्रियाबाट अक्सिजन उपलब्ध गराउन निर्देशन दिएको हो ।

अक्सिजन उद्योगहरुबाट अस्पतालमा अक्सिजन सप्लाई गर्दा सरकारले कोटा सिस्टममा वितरण गर्ने व्यवस्था गरेपछि सरकारी अस्पतालहरुमा समेत अक्सिजन अभावको अवस्था देखिएको छ भने अक्सिजन अभाव हुँदा अस्पतालमा बिरामीको मृत्यु समेत भइरहेको छ ।

सीसीएमसीको बैठकले निर्णय गरि लागू गरेको कोटा सिस्टमबाट झनै अक्सिजनको हाहाकार भएपछि सीसीएमसीले गर्दै आएको अक्सिजन वितरण प्रणालीलाई व्यवस्थित गर्ने जिम्मेवारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै पाएको छ ।