बैंकहरूले अब निश्चित ५ प्रकारका सेवा मात्रै दिने

banks

बैशाख ३१, काठमाण्डौ,

बैंकहरूले अब निश्चित सेवा मात्र दिने भएका छन् । आजदेखि विभिन्न ५ सेवा मात्र प्रवाह गर्ने निर्णय भएको नेपाल बैंकर्स सङ्घले जनाएको छ । सङ्घले सबै बैंकलाई खाताबाट नगद झिक्ने, खातामा ५० हजारभन्दा बढी रकम जम्मा गर्ने, रकम स्थानान्तरण ९चेक, कनेक्ट आईपीएस० आरटी जीएस०, विप्रेषण भुक्तानी र अन्तर्राष्ट्रिय व्यापार गर्न निर्देशन दिएको छ ।

न्यूनतम ५० हजारभन्दा कम जम्मा नगर्ने निर्णय भएको सङ्घका अध्यक्ष भुवन दाहालले बताउनुभयो । उहाँका अनुसार बैंकबाट पटकरपटक हुने कारोबारलाई निरुत्साहित गर्दा नेपाल राष्ट्र बैंकको अनुमतिमा यस्तो निर्णय भएको हो । सङ्घले सरकारले अत्यावश्यक सेवाबाहेक घरबाट बाहिर ननिस्कन गरेको आग्रहको पालना गर्दै डिजिटल बैंकिङ कारोबारको प्रयोग गर्नसमेत आग्रह गरेको छ ।

बैंकले निश्चित सेवा प्रवाह गर्ने भएपछि अब कर्जा सेवा, नयाँ खाता खोल्नेलगायत कामहरू रोकिने भएका छन् ।