को हुन् गण्डकीका नयाँ प्रदेश प्रमुख गुरुङ ? शेरचनलाई किन पठाईयो लुम्बिनि ?

gurung

साउन १३, कास्की,

सरकारले मंगलबार गण्डकी प्रदेश प्रमुख नियुक्त गरेका पृथ्वीमानसिंह गुरुङ चितवन गृहजिल्ला भएका कांग्रेस नेता हुनुहुन्छ । उहाँ कास्कीकै घले गाउँबाट बसाईसरि चितवन जानुभएको हो ।


पृथ्वीमानसिंह गुरुङ

ओली सरकारले गण्डकी प्रदेश प्रमुखबाट हटाएका अमिक शेरचन र पृथ्वीमान गुरुङ छिमेकी पनि हुन् । २०४८ सालका आम निर्वाचनमा गुरुङ शेरचनबाट पराजित हुनुभएको थियो ।

उक्त चुनावमा शेरचन जनमोर्चा र पृथ्वीमान कांग्रेसबाट उम्मेदवार रहनुभएको थियो । पृथ्वीमान चितवन कांग्रेसका पूर्व सभापति समेत रहनुभएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेशमा माओवादीको सिफारिसमा अमिक शेरचन र गण्डकीमा कांग्रेसको सिफारिसमा पृथ्वीमान गुरुङलाई नियुक्त गर्ने निर्णय गरेको हो ।


अमिक शेरचन

माओवादी नेता शेरचन यसअघि गण्डकी प्रदेशको प्रमुख रहनुभएको थियो । माओवादी केन्द्रको स्थायी कमिटी बैठकले उहाँलाई गण्डकीमै प्रमुखका रुपमा दोहो¥याउने गरी सिफारिस गरेको थियो । तर माओवादीको सिफारिस संविधानसँग बाझिएपछि उहाँलाई गण्डकीबाट लुम्बिनी लगिएको माओवादिका एक नेताले जानकारी दिनुभएको छ ।