कास्कीका १६६ सहित थप ३ हजार ७ सय २९ जनामा संक्रमण पुष्टी, मृतकको संख्या १० हजार नाघ्यो

corona update

साउन २२, कास्की,

शुक्रबार गण्डकी प्रदेशका थप ७ सय १ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको पछिल्लो जानकारी अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ३२७ जनामा गरिएको नमुना परीक्षणमा थप ७ सय १ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।

थप संक्रमण पुष्टि हुनेमा कास्कीका १ सय ६६ जना सहित गोरखाका ११३ जना, नवलपुरका ११२ जना, स्याङ्गजाका १०५ जना, बागलुङका ८८ जना, पर्वतका ३७ जना, तनहुँका २७ जना, मुस्ताङका २२ जना, लमजुङका १९ जना र म्याग्दीका १२ जना रहेका छन् । योसंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ७० हजार ९६८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ७ सय १० जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ६४ हजार १ पुगेको छ ।

शुक्रबार गण्डकीमा थप पाँच जनाको मृत्यु पुष्टि भएको छ । थप मृत्यु पुष्टि हुनेमा कास्कीका दुई जना सहित पर्वत, म्याग्दीका र बागलुङका एकएक जना छन् ।

योसंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार १ सय २३ पुगेको छ ।
यसैबिच
पछिल्लो २४ घण्टामा देशभर कोरोनाबाट थप २५ जनाको मृत्यु भएपछि
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको छ ।

यस्तै २४ घण्टामा १५ हजार ६७५ नमूना परीक्षण गराउँदा ३ हजार ७ सय २९ जनामा कोरोना भाइरस (कोभिड(१९)संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा ९ हजार ४ सय ९३ नमूनाको पीसीआर र ६ हजार १ सय ८२ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराएको थियो । जसमध्ये २ हजार ४ सय ३० नमूनाको पीसीआरबाट र १ हजार २ सय ९९ जनामा एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १ हजार ८ सय ८५ जना कोरोनामुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ३४ हजार ९४२ जना रहेको छ । यस्तै, ७३२ जनाको आइसीयूमा र १५८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।