ओलि सरकार परिवर्तनमा जसपा निर्णायक, कांग्रेस र माओवादीलाई सकस

jasapa

बैशाख २८, काठमाण्डौ

प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन अफल भएपछि सुरु भएको नयाँ सरकार गठन प्रक्रियामा सकस पर्ने देखिएको छ । कांग्रेस र माओवादी केन्द्रलाई नयाँ सरकार गठनमा सकस पर्ने देखिएको हो ।

प्रधानमन्त्री ओलीको सरकार अल्पमतमा परेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको लागि हिजो राति नै तीन दिनको समय दिनुभएको छ । सरकार बनाउन तम्सिएका कांग्रेस र माओवादीले पर्सि राति नौ बजेसम्म बहुमत जुटाउनुपर्नेछ ।

तर जनता समाजवादी पार्टी भित्र दुई अध्यक्षविच देखिएको विवादले समस्या हुनेभएको हो । अध्यक्ष उपेन्द्र यादव र नेता बाबुराम भट्टराई पक्षले नयाँ सरकार गठनमा साथ दिनुपर्ने बताउँदै आएको छ । तर अध्यक्ष महन्थ ठाकुर पक्षले भने सरकार गठनमा सहभागी नहुने अडान दोहो¥याएको छ ।

अहिले संसदमा २ सय ७१ सांसद संख्या कायम रहेकोमा बहुमतको लागि एक सय ३६ मत आवश्यक पर्छ । कांग्रेसका ६१, माओवादीका ४८ र जसपाका ३२ सांसद मिलेर १ सय ४१ सांसदसहित सरकार बन्न सक्छ तर जसपाको ठाकुर पक्षले साथ नदिने भएपछि बहुमत नपुग्ने देखिन्छ ।