“कोरोना खोप खरिदमा ‘कमिसनको खेल’ छैन; सङ्कटकालमै जानुपर्ने अवस्था आउन सक्छ” : स्वास्थ्यमन्त्री

hridayesh-tripathi

बैशाख २८, पोखरा

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना विरुद्धको खोप खरिदका क्रममा कसैलाई पनि कमिसन नदिएको दाबी गर्नुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको भर्चुअल पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले कमिसन नदिएको र नलिएको दाबी गर्नुभएको हो ।

उहाँले सरकारले सहुलियत दरमा खरिद गरेको २० लाख डोज खोपमध्ये १० लाख डोज उत्पादक कम्पनी सिरमले अझै दिन बाँकी रहेकाले छिट्टै खोप आउने विश्वास लिएको पनि बताउनुभयो ।

उहाँले सरकारले ल्याएको दर ४ डलरमा नै अरु कसैले खोप ल्याउन सक्छ भने सरकारले १ करोड भन्दा बढी डोज खोप किन्ने चुनौती पनि दिनुभएको छ ।
त्रिपाठीले कोरोना महामारीका कारण देशव्यापी लकडाउन वा स्वास्थ्य सङ्कटकालमै जानुपर्ने अवस्था आउन सक्ने पनि बताउनुभएको छ ।

उहााले कोरोना भाइरस नियन्त्रणका लागि अहिलेका काम पर्याप्त नभएको भन्दै नयाँ कदमहरू आवश्यक पर्ने बताउनुभयो । नयाँ कदमका बारेमा सरकारले सामूहिक रूपमा छलफल गरेर निर्णय लिने पनि मन्त्री त्रिपाठीले बताउनुभयो ।