भारतमा थप ४ लाख बढी संक्रमित, विश्वभर कोरोनाबाट ३२ लाख ९५ हजार भन्दा धेरैको मृत्यु

corona-9

बैशाख २६, एजेन्सी


भारतमा एकैदिन चार लाख भन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । पछिल्लो पटक ४ लाख ९ हजार ३०० संक्रमित थपिएसँगै त्यहाँ कूल संक्रमितको संख्या २ करोड २२ लाख ९५ हजार ९ सय ११ पुगेको छ । यस्तै पछिल्लो २४ घन्टामा भारतमा ४१ सय संक्रमितको मृत्यु हुँदा कूल मृतकको संख्या २ लाख ४२ हजार नाघेको छ ।
अमेरिकामा ३३ हजार ८ सय, ब्राजिलमा ६३ हजार, फ्रान्समा साढे २० हजार र टर्कीमा १८ हजार संक्रमित थपिएका छन् । यस्तै ब्राजिलमा २ हजार, अमेरिकामा ६४०, टर्कीमा २८१ र रुसमा ३७० जनाको मृत्यु भएको ओल्डोमिटरले जनाएको छ ।
योसहित विश्वभर हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३२ लाख ९५ हजार ९ सय नाघेको छ ।