स्थानिय र भिमाद यातायात प्रालि बिच एकिकरण

yatayaat

साउन ४, कास्की

स्थानिय यातायात प्रालि र भिमाद यातायात प्रालि बिच एकिकरण भएको छ ।
स्थानिय यातायात प्रलिका अध्यक्ष केदार पौडेल र भिमाद यातायात प्रालिका अध्यक्ष महेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा सोमबार एक कार्यक्रमको आयोजना गरि दुबै यातायात प्रालि आजकै मिति बाट औपचारिक रुपमै एक भएको घोषणा गरेका हुन् ।

एकिकरण कार्यक्रममा दुवै अध्यक्षले एक आपसमा मायाको चिनो साटासाट गर्दै ब्यानरमा हस्ताक्षर गरेका थिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले यातायात व्यवसायी यसरी छिरलिएर कहिल्यै पनि सुरक्षित हुन नसक्ने भन्दै सम्पुर्ण व्यवसायिको हकअधिकार सुनिश्चित गर्न र व्यवसायिको संरक्षण गर्नका लागि आफुहरु एक भएको बताउनुभएको छ ।

अर्का अध्यक्ष पौडेलले सम्पुर्ण व्यवशायिहरुको हकहित र सरक्षणका लागि एकताको विकल्प नरहेको भन्दै आफुहरु पद भन्दा पनि व्यवसायीका अधिकार र संरक्षणका लागि सदा लडिरहने बताउनुभयो । दुवै प्रालिका पदाधिकारी समेतको उपस्थितिमा गरिएको कार्यक्रमको सचिव रामचन्द्र लामिछानेले सहजिकरण गर्नुभएको थियो ।