गण्डकीमा थप कोरोना संक्रमित भन्दा संक्रमण मुक्त हुनेको संख्या धेरै, देशभर थप ४ हजार ३ सय ६९ जनामा संक्रमण पुष्टि

update

जेठ १६, पोखरा,

आइतबार गण्डकीमा थप १६ कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ । थप मृत्यु पुष्टि हुनेमा कास्कीका आठ जना, तनहुँका चार जना, लमजुङ,पर्वत, बागलुङ र मुस्ताङका एक–एक जना रहेका छन् । प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६६१ पुगेको छ ।

त्यस्तै गण्डकीमा थप ५ सय ४० जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो समय गण्डकीका १ हजार ६ सय ६३ जनामा गरिएको नमुना परीक्षणमा थप ५ सय ४० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

थप पुष्टि भएका संक्रमितहरुमा कास्कीका ७४ जना सहित, तनहुँका १७ जना, गोरखाका १०४ जना, लमजुङका ८९ जना, नवलपुरका ८५ जना, स्याङ्गजाका ७, पर्वतका ३४ जना, बाग्लुङका ११५ जना र म्याग्दी जिल्लाका १५ जना रहेका छन् । योसंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ४१ हजार ६८२ पुगेको छ । कास्कीमा अहिले २ हजार ५ सय ३० जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

त्यस्तै आईतबार गण्डकीबाट ८ सय ५९ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ३० हजार २३२ पुगेको छ ।
यसैबिच
आईतबार देशभर ४ हजार ३ सय ६९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १० हजार नौ सय ८६ जनाको पीसीआर परीक्षण गर्दा तीन हजार सात सय दुई र ६ सय ६७ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा ६ सय ६७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो समय ६ हजार दुई सय पाँच जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । अहिले निको हुने दर ७९ दशमल २ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आईतबार देशभर १ सय नौ जनाको कोरोनाका कारण ज्यान गएको छ ।