पदभार ग्रहण पछि अर्थमन्त्री बराल र शिक्षा मन्त्री श्रेष्ठले के भने ?

sapath

साउन ९, कास्की,

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल जीवनले आर्थिक विकास र समृद्धिका लागि प्रदेशलाई आत्मनिर्भर बनाउनेतर्फ लाग्ने बताउनुभएको छ ।


रामजीप्रसाद बराल

शुक्रबार मन्त्रीको सपथ पछि उहाँले प्रदेशको विकासका लागि स्रोत साधनको समुचित प्रयोग गरी आर्थिक विकार र समृद्ध प्रदेश बनाउनेतर्फ लागिपर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको हो ।

उहाले अर्थका श्रोत साधनमा ध्यान केन्द्रित गर्दै पूँजीगत खर्चलाई अधिकतम ढंगले परिचालन गरी विकास र समृद्धिको यात्रा तय गरिने बताउनुभयो । पूँजीगत खर्च गर्न नसकेको अबस्थामा आवश्यकताको आधारमा रकमान्तर गरेर भएपनि बजेट खर्च गर्ने उहाको भनाई छ ।

यसैबिच, प्रदेश सरकारबाट शिक्षा, संस्कृती, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका नवनियुक्त मन्त्री मेखलाल श्रेष्ठको पहिलो प्राथमिकता शिक्षा क्षेत्रमा परेको छ ।


मेखलाल श्रेष्ठ


कोभिड र बाढी पैह्रोबाट समस्यामा परेका गण्डकी प्रदेशका विद्यालयलाई सुचारु गर्नको लागि आवश्यक कदम चाल्ने उहाँले बताउनुभयो ।
जनतासँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालय रहेकोले शिक्षालाई उदाहरणिय रुपमा अगाडी बढाउँदै जेष्ठ नागरिकलाई सम्मान दिएर , वालवालिकाहरुको स्याहार सुसार गरि भविष्यको कर्णधार बनाउनेमा आफू प्रतिबद्ध रहेको बताउँदै महिला हक हितको लागि ११ वटै जिल्लामा केन्द्रको स्थापना गर्ने मन्त्री श्रेष्ठले बताउनुभयो । उहाँले शिक्षालाई प्रभावकारी बनाउनको लागि कार्यविधि बनाएर अगाडि बढ्ने योजना तयार पारेको जानकारी गराउनुभयो ।