कोभिड अस्पताल बनाउनकालागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको ओपिडी सेवा तत्कालकालागि बन्द

Paschim

जेठ १०, पोखरा,

पोखरामा रहेको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको ओपिडी सेवा बन्द गरिएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्रा.डा. भरतबहादुर खत्रीद्धारा हस्ताक्षरित विज्ञप्ति मार्फत अस्पताललाई पूर्ण रुपमा कोभिड–१९ का संक्रमितहरुको उपचार व्यवस्थापनका लागि भन्दै अर्को सूचना प्रकाशित नहुँदासम्मको लागि ओपिडी सेवा बन्द गरिएको बताईएको छ ।