कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन तयारी थाल्ने विपक्षी गठबन्धनको निर्णय

gathabandhan ko meeting

असार २८, काठमाण्डौ,


विपक्षी गठबन्धनले सर्वाेच्च अदालतको आदेशअनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन तयारी थाल्ने निर्णय गरेको छ ।
कोटेश्वरमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाको बैठकले शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन तयारी थालिहाल्ने निर्णय गरेको हो ।
अब बन्ने नयाँ सरकारलाई नागरिकको हितमा काम गर्ने, कोरोना महामारी नियन्त्रण र नागरिकलाई खोप दिने लगायतका विषयमा केन्द्रित गर्ने पनि बैठकले निर्णय गरेको जसपाका नेता तथा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले जानकारी दिनुभयो ।
यस्तै गठबन्धनको नयाँ सरकारले भ्रष्टाचारको अन्त्य गर्ने र ओली सरकारले गरेका गलत निर्णय सच्याउन प्रयत्न गर्ने पनि निर्णय गरेको छ ।