नेप्से परिसूचक १० अङ्कले बढ्यो

tt

बैशाख ३०, काठमाण्डौ,

कारोबार हुने हप्ताको अन्तिम दिन शेयर बजार परिसूचक नेप्से बिहीवार (आज) बढेको छ । उत्पादन, व्यापार र होटलबाहेक अरू सबै समूहको शेयर बढेपछि नेप्से १० दशमलव १३ अङ्कले बढेर २६ सय ८४ दशमलव शून्य एक विन्दुमा पुगेको हो ।

आज बैंकिङ समूहको शेयर तीन अङ्कले बढेको छ । यस्तै विकास बैंक समूहको शेयर ७१ अङ्कले, जलविद्युतको ३७ अङ्कले, फाइनान्सको ६० अङ्कले, माइक्रोफाइनान्सको पाँच अङ्कले, जीवन बीमा समूहको शेयर ८५ अङ्कले, निर्जीवन बीमा समूहको साढे पाँच अङ्कले र अन्य समूहको शेयर १३ अङ्कले बढेको छ ।

आज दुई सय १८ कम्पनीका दुई करोड १९ लाख कित्ता शेयर सात अर्ब १२ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ४९ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।