गण्डकी र लुम्बिनिका प्रदेश प्रमुखद्धारा सपथ ग्रहण

Sapath-Pradesh-Pramukh

साउन १४, काठमाण्डौ,

नवनियुक्त प्रदेश प्रमुखहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुखहरूको सपथग्रहण गराउनुभएको हो ।
शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतका उच्चपदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गरेर मन्त्रिपरिषद्को बैठकले गण्डकीको प्रदेश प्रमुखमा पृथ्वीमानसिंह गुरुङ र लुम्बिनीमा अमिक शेरचनलाई नियुक्त गरेको हो ।
गण्डकी प्रदेश प्रमुखमा नियुक्त हुनुभएका पृथ्वीमानसिंह गुरुङ चितवन गृहजिल्ला भएका कांग्रेस नेता हुनुहुन्छ । उहाँ कास्कीकै घले गाउँबाट बसाईसरि चितवन जानुभएको हो ।