पोखरामा सोमबारदेखि कोरोना विरुद्धको खोप कार्यक्रम पुनः सुरु

khop karekaram

साउन ११, पोखरा,

कास्कीको पोखरामा सोमबारदेखि कोरोना विरुद्धको खोप कार्यक्रम पुनः सुरु भएको छ । महानगरका सबै स्वास्थ्य केन्द्रबाट (आज) सोमबारदेखि खोप दिइएको हो ।

पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार सोमबार शिक्षक या नागरिकताको प्रमाणपत्रमा जन्म कम्तिमा २०२३ साल उल्लेख भएका नागरिकले भेरोसिल खोप पाएकाछन् ।

यस्तै, साउन १२ गते ५२ देखि ५४ वर्ष उमेर समुहका यसअगाडि कुनै खोप नलगाएकालाई जोनसन एण्ड जोनसोन खोप दिइने स्वास्थ्य महाशाखाले जनाएको छ ।

यसैगरी वैदेशिक रोजगारमा जाने तथा अपांगता भएका व्यक्तिहरुका लागि साउन १२ गते मंगलबार खोप दिइने भएको छ । अपांगता भएका व्यक्तिले जनप्रिय मावि सिमलचौर र वैदेशिक रोजगारमा जानेका लागि अमरसिंह उच्च माविबाट खोप प्रदान गरिनेछ ।