गोर्खा भर्तीको नयाँ भर्ना तथा तालिमहरु संचालनमा

जेष्ठ ०९ पोखरा ।
“हामी लाहुरे मात्र होइन भविष्य बनाउछौँ” ֹभन्ने मुख्य नाराका साथ अगाडी बढीरहेको सल्युट गोर्खा ट्रेनिङ्ग सेन्टर प्रा.लि. मा ब्रिटिस आर्मी, सिंगापुर पुलिस तथा इण्डियन आर्मी भर्तीका लागि नयाँ सत्रको भर्ना खुलिरहेका र तालिमहरु संचालन भैरहेका छन् ।

नेपालका युवाहरुलाई ब्रिटिस आर्मी, सिंगापुर पुलिस तथा इण्डियन आर्मी भर्तीकोे लागि विगत लामो समयदेखि मार्गदर्शन दिइरहेको उक्त संस्थाले देशभरका विभिन्न स्थानमा मोटीभेसनल कार्यक्रम सम्पन्न गरेको संचालक राहुल पाण्डेले बताएका छन् ।

फगुन २५ गते सुर्खेतदेखि कार्यक्रम संचालन गरी अन्य विभिन्न ठाउँहरुमा पनि मोटिभेसन कार्यक्रम समापन गरेको थियो । कार्यक्रममा मोटिभेसनका साथै ब्रिटिस आर्मी, सिंगापुर पुलिस तथा इण्डियन आर्मी भर्ती सम्बन्धि सूूचनामुलक र Pre- Recruitment Training को लागि पूर्व छनौँट कार्यक्रम समापन गरेको संचालक पाण्डेले बताएका छन् । पोखरामा क्रियाशिल रहेको उक्त संस्थाले अहिले देशका विभिन्न ठाउँहरुमा शाखा विस्तार समेत गरेको छ ।

अहिले नयाँ सत्रमा भर्ना खुलेको र ब्रिटिस आर्मीको लागि १८ देखि २१ वर्ष र इण्डियन आर्मीको हकमा साढे १७ वर्षका युवाहरु तथा एसइई पास भएका विद्यार्थीहरु सहभागी हुन सक्ने छन् । अझैपनि हाम्रो समाजमा भर्ती हुनको लागि निश्चित जात, आफन्त र धेरै पैसा चाहिन्छ भन्ने भ्रमले गर्दा विद्यार्थीहरु पछाडी परेको र त्यो गलत भएको संचालक पाण्डेले बताएका छन् ।

लाहुरे सेक्टरका एउटा फरक तरिकाले अगाडी बढीरहेको र जो लाहुरे हुन चाहाने युवाहरु लाई सफलतामा पु¥याउने मार्गदर्शन देखाउने रुपमा सल्युट गोर्खालाई लिने गरेको संचालक स्वयम्ले बताएका छन् ।