कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सुरु हुने

parixyaa bord

साउन ५, काठमाण्डौ

कक्षा १२ को परीक्षा साउन ३१ देखि सुरु हुने भएको छ ।

मंगलबार बसेको बोर्डको बैठकले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । यसअघि भौतिक रुपमा परीक्षा गर्ने अनुमति माग गर्दै बोर्डले मन्त्रालयमार्फत सीसीएमसीमा प्रस्ताव पुर्‍याएको थियो ।

सीसीएमसीको स्वीकृतिपछि परीक्षा भौतिक रुपमा हुनेछ । गत जेठमा तय गरेको परीक्षा कोभिड– १९को संक्रमण उच्च भएपछि स्थगित भएको थियो ।

बोर्डले अघिल्लो वर्ष ४० प्रतिशत मूल्यांकनका लागि परीक्षा लिएको थियो । तर, यस वर्ष भने शतप्रतिशत नै परीक्षा लिने भएको छ । होम सेन्टरमा हुने परीक्षामा सुरक्षा मापदण्डमा कडाइ गरिनेछ भने एक बेन्चमा एक परीक्षार्थी राखिने छ ।

कक्षा १२ मा झन्डै पौने चार लाख विद्यार्थी छन् । परीक्षा साउनको अन्तिम दिन सुरु भएर भदौ ९ गते सकिने छ ।