पोखरामा भएको सवारी दुर्घटनामा एकको मृत्यु, तीन घाइते

ohhh

साउन १०, कास्की

कास्कीको पोखरामा भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

शनिबार राति अन्दाजी साढे ९ बजेको समयमा पोखरा –२६ बुढीबजार स्थित ग १ च ९२४५ नंवरको भ्यान र ग २१ प १२५० नंवरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक दोलखा जिल्लाको माली गाउँपालिका घर भइ हाल पोखरा –२६ बस्दै आएका २३ वर्षीय विनोद क्षेत्रीको मृत्यु भएको छ । प्रहरी उपरीक्षक अरुण पौडेलले दिएको जानकारी अनुसार घाइते क्षेत्रीलाई तत्काल उपचारका लागि अस्पताल लगिएपनि उपचारका क्रममा उनको मृत्यु भएको हो ।

त्यस्तै मोटरसाइकलको पछाडी सवार सोही स्थान निवासी १९ वर्षीय साङ्गे शेर्पा, भ्यानमा सवार तनहुँ शुक्लागण्डकी नगरपालिका –१२ निवासी २८ वर्षीय विशाल गुरुङ र रिसिङ्ग निवासी २४ वर्षीय जयराम थापा समेत घाइते भएका छन् । घाईते मध्ये शेर्पाको अवस्था गम्भीर रहेको र उनीहरुको उपचार भैरहेको प्रहरीले जनाएको छ ।