भारतमा कोरोना संक्रमण घट्दै, अमेरीका र बेलायतमा अवस्था उस्तै

corona update world

जेठ ४, एजेन्सी


भारतमा दैनिक रुपमा उच्च संख्यामा बढिरहेको कोरोना संक्रमतण पछिल्ला दिनमा बिस्तारै आरालो लाग्न थालेको छ । पछिल्लो २४ घण्टाभित्र त्यहाँ २ लाख ६३ हजार ४५ जना नयाँ संक्रमित थपिएका हुन् ।
अघिल्लो दिन यो सख्या २ लाख ८१ हजारभन्दा बढी थियो । कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या २ करोड ५२ लाख नाघेको छ । नयाँ संक्रमितको संख्या केही घटे पनि पछिल्लो केही दिनयता दैनिक मृतकको संख्या भने रेकर्ड बन्न थालेको छ । भारतमा पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ९२ को मृत्यु भएको छ ।
यो संख्या हालसम्मकै उच्च हो । यो योसँगै कोरोना संक्रमणकै कारण भारतमा मृत्यु हुनेको कुल संख्या दुई लाख ७७ हजार नाघेको छ । संक्रमितमध्ये २ करोड १५ लाख भन्दा बढी निको भइसकेका छन् ३३ लाखभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।
विश्वमा कुल संक्रमितका आधारमा अगाडि रहेको अमेरिकामा अहिलेसम्म तीन करोड ३७ लाखभन्दा बढी संक्रमित भएको ओल्डोमिटरले जनाएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ करिब २१ हजार संक्रमित थपिएका छन् भने ३३७ जनाको मृत्यु भएको छ ।
तेस्रोमा रहेको ब्राजिलमा करिब एक करोड ५६ लाख संक्रमित रहेका छन् । त्यहाँ पछिल्लो २४ घण्टामा ३३ हजारभन्दा बढी संक्रमित थपिँदा १ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लादिनहरुमा संक्रमितहरु निकोहुने क्रममा पनि वृद्धि आएकोले अमेरिका र ब्राजिलमा यसअगाडिको दिनहरु र पछिल्ला दिनमा संक्रमणदरमा खासै अन्तर नभएको अन्तराष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् ।