जङ्गल जोगाउनेतर्फ ध्यान दिउँ : प्रधानमन्त्री देउवा

deuwa

साउन १४, काठमाण्डौ,

प्रधानमन्त्री शेरबहादुर देउवाले बाघको वासस्थानलाई सुरक्षित गराउनेतर्फ ध्यान दिनुपर्ने बताउनुभएको छ ।

विश्व बाघ दिवसका अवसरमा बिहीवार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले बाघको वासस्थानका लागि जङ्गल आवश्यक रहेको र जङ्गल जोगाउनेतर्फ ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभएको हो ।

उहाँले बाघको वासस्थानको सुरक्षा गर्दै चोरी–निकासी रोक्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री देउवाले बाघ र मानिसका बीचमा समस्या रहेको भन्दै ती समस्याको समाधानका उपाय निकाल्नु आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रकृति संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो ।