एकैदिन गण्डकीका २३ सहित देशभर २ सय ३ जनाको कोरोना संक्रमणबाट मृत्यु

helt news

बैशाख ३१, पोखरा,

नेपालमा पछिल्लो समय आठ हजार पाँच सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय थपिएकासँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या चार लाख ३९ हजार ६ सय ५८ पुगेको छ ।
अहिले नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १ लाख ७ हजार ३ सय ३६ रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप २ सय ३ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या चार हजार ६ सय ६९ पुगेको छ ।
यसैबिच
गण्डकी प्रदेशमा हरेक दिन कोरोना संक्रमणबाट मृत्यु हुनेको दर तीब्र रुपमा बढिरहेको छ । पछिल्लो समय थप २३ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

पोखराका विभिन्न अस्पतालमा २२ जना र बागलुङको धौलागिरी अस्पतालमा १ जना गरी २३ जनाको मृत्यु भएको निर्देशनालयले बताएको हो । मृत्यु भएकाहरुमध्ये कास्कीका १० जना, स्याङ्जाका ६ जना, बागलुङ र तनहुँका ३÷३ जना तथा पाल्पाका १ जना रहेका छन् । योसँगै प्रदेशमा मृतकहरुको संख्या ३ सय ४१ पुगेको छ ।

त्यस्तै पछिल्लो समय गण्डकीमा थप ६ सय ८० जनामा कोरोना पुष्टि भएको छ । आज थपिएका संक्रमित मध्य कास्कीका ३ सय ६ जना सहित तनहुँका २७ जना, गोरखाका ७४ जना, लमजुङका ४६ जना, नवलपुरका ८७ जना, स्याङ्गजाका २३ जना, पर्वतका ६१ जना, बाग्लुङका ४ जना र म्याग्दी जिल्लाका ५२ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । आज पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या २६ हजार ६३३ पुगेको छ । जसमा, ७ हजार २ सय ५७ सक्रिय संक्रमित रहेका छन् ।