जनताको भावना अनुसार काम गर्न अर्थमन्त्री बराललाई हेमजाबासीको आग्रह

hemja 2

साउन १४, कास्की

पोखरा २५ स्थित हेमजाबासीले जनताको भावना अनुसार काम गर्न गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल जीवनलाई आग्रह गरेका छन् ।
बिहिबार (आज) हेमजामा आयोजित बधाई तथा सम्मान कार्यक्रममा मन्त्री बराललाई हेमजाबासीले जनताको भावना र जनताको प्रथामिकताको आधारमा काम गर्न आग्रह गरेका हुन् ।

कार्यक्रममा हेमजा लाम्पाटा, हेमजा सुइखेत खोला नियन्त्रण समिति, याम्दीका आमा समुह लगायतले स्थानिय रुपमा रहेको समस्याहरु समधान गर्न मन्त्री समक्ष आग्रह गरेका थिए ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री बरालले हाल आफु प्रदेशको मन्त्री भएकोमा प्रदेशका जनताको आवश्यकता र प्रथामिकताको आधारमा र चुनावमा जनता सामु गरेका वाचा पुरा गर्न पहल गर्ने बताउनुभयो ।

बहुमत हिस्सालाई बाम गठबन्दन र एकता होस भन्ने चहाना भएको मन्त्री बरालको भनाई छ । निर्वाचनका वेला, निर्वाचन पश्चात र हाल पनि कम्यूनिष्टहरु एक हुनु पर्छ भन्ने हेमजाबासीको सन्देस जस्तै आफु पनि बाम एकता हुनुपर्ने पक्षमा रहेको उहाले बताउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नम्बर २५ का वडा अध्यक्ष शोभाखर तिमिल्सिनाले महानगरपालिकाले आफ्नो वडालाई सौतनी व्यवहार गरेर माग गरेको बजेटमा न्यूनतम बजेट विनियोजन गर्ने गरेको गुनासो गर्नुभयो ।