अन्तर्वार्ताको आलोचना भएपछि प्रशिक्षक अलमुताइरीले माफी मागे

abudallha almutairi

साउन १८, काठमाण्डौ,

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले माफी मागेका छन् । केही समयअघि एक अनलाइन मिडियामा दिएको अन्तर्वार्ताको आलोचना भएपछि प्रशिक्षक अलमुताइरीले आज सामाजिक सञ्जाल फेसबुकमार्फत माफी मागेका हुन् ।
त्यस अन्तर्वार्तामा आफूले नेपाली राष्ट्रिय टोली, पूर्वखेलाडी तथा प्रशिक्षकको विषयमा बोल्दा केहीलाई चोट पुगेको बताउँदै आज माफी मागेका हुन् । पछिल्ला तीन दशकमा नेपाली फुटबल टोली र अरू एसियाली देशको फुटबल कसरी विकास भएको छ भन्ने मात्र बताउनु खोजेको उनले भनेका छन् ।