लामो समयदेखि गाउँ नै समस्यामा : वडाध्यक्षले के भने ? (भिडियो सहित)

lampata

साउन १८, कास्की,

गण्डकी प्रदेशको राजधानि पोखरा महानगरपालिकाको एक गाउँमा लामो समयदेखि खानेपानीको समस्या रहेको छ । महानगरको वडा नं. २५ अन्तर्गत पर्ने लम्पाटा बासिमा पिउने पानीको समस्या भएको वर्षौ वित्दा समेत सम्बन्धित निकायले ध्यान नदिएको भन्दै स्थानियले गुनासो गरेका छन् ।

अब्यबस्तित बसोबासकै रुपमा रहेपनि २० औँ वर्षदेखि सोहि स्थानमा बसोबास गर्दै आईरहेका स्थानियले खानेपानिको समस्याबारे पटक पटक आवाज उठाउँदा समेत आवाजको सुनुवाई नभएको बताएका छन् ।

१६० भन्दा धेरै घरपरिवार रहेको लाम्पाटामा सडक विस्तारका क्रममा पुरानो खानेपानिका नालाहरु निकालिएपछि करिब १ वर्षदेखि सो खानेपानिको समस्या रहेको छ ।
साथै स्थानियले अब्यवस्थित रुपमा रहेको सिँगो गाउँको समस्या समाधान तर्फ पनि सम्बन्धित निकाएले चासो नदेखाएको गुनासो गरेका छन् ।
यसैसन्दर्भमा स्थानियका साथै २५ का वडाध्यक्षसँग गरिएको कुराकानि सहितको यो पुरा भिडियो हेर्नुहोस् ..