“राष्ट्रिय सरकार गठनको प्रक्रिया थालौँ ” : भट्टराई

Baburam Bhattarai

बैशाख २९,

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले अबको एक वर्षभित्रमा चुनाव गर्नुपर्ने प्रस्ताव अघि सार्नुभएको छ । राजनीतिक अस्थिरता बिग्रँदै गएको भन्दै उहाँले अबको एक वर्षभित्रमा चुनाव गर्ने र त्यसअघि राष्ट्रिय सरकार गठनको प्रक्रिया थाल्नुपर्ने बताउनुभयो ।

सामाजिक सञ्जाल ट्विटरमा ट्वीट गर्दै उहाँले संविधानको धारा ७६ को उपधारा २ बमोजिम पूर्व प्रधानमन्त्री बाहेकको नेतृत्वमा सबै दलको सहभागितामा राष्ट्रिय सरकार बनाउने र एक वर्षभित्र चुनावमा जानुपर्ने बताउनुभएको हो ।

देशमा देखिएको संकट समाधानका लागि सबै दलको सहभागिता आवश्यक रहेको भन्दै उहाँले दलका प्रमुख र पूर्व प्रधानमन्त्री रहेको निर्देशक समिति बनाएर अघि बढ्न सकिनेसमेत बताउनुभएको छ । उहाँले सबैको सहमतिमा कोरोना भाइरसको संक्रमण नियन्त्रण र संविधान संशोधनका मुद्दामासमेत सहकार्य गरेर अघि बढ्न सकिने बताउनुभएको छ ।