विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको वास्तविक संख्या अहिले भनिएको भन्दा ३ गुना बढि : डब्ल्यूएचओ

11

जेठ ७, एजेन्सी,


विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको वास्तविक तथ्याङ्क जति आधिकारिक रूपमा बताइएको छ त्योभन्दा दुई या तीन गुणा बढी रहेको बताएको छ । सङ्गठनका अनुसार आधिकारिक रूपमा विश्वभर अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणका कारण ३४ लाख जनाको ज्यान गइसकेको छ ।
विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार आफ्नो वार्षिक प्रतिवेदनमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ६० देखि ८० लाखबीच हुन सक्ने बताएको छ । प्रतिवेदनकाअनुसार सन् २०२० मा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा ३० लाख या बताइएको भन्दा १२ लाख धेरैको ज्यान गएको छ ।
‘प्रत्यक्ष रूपमा होस् या फेरि अप्रत्यक्ष रूपमा कोभिड–१९ बाट ज्यान गुमाउनेको तथ्याङ्क वास्तविक मृत्युको तथ्याङ्कभन्दा निकै कम छ’, प्रतिवेदनमा भनिएको छ । विश्व स्वास्थ्य सङ्गठनकी प्रबन्ध निर्देश समीरा अस्माले भन्नुभयो, ‘वास्तवमा ज्यान गुमाउनेको तथ्याङ्क दुई या तीन गुणा धेरै हुन सक्छ । यो तथ्याङ्क ६० देखि ८० लाख छ ।’
तथ्याङ्क कम हुनुमा यसका विभिन्न कारण हुन सक्ने विश्व स्वास्थ्य सङ्गठनले बताएको छ । सङ्गठनकाअनुसार महामारी सुरु हुने बेलामा कैयौँ व्यक्तिको मृत्यु उनीहरूमा कोभिड–१९ पुष्टि हुनुभन्दा पहिले नै भएको थियो । साथै केही देशसँग त्यस समयमा कोभिड–१९ का कारण हुने मृत्युसँग जोडिएको डाटा राख्नका लागि उचित प्रक्रियासमेत नभएको सङ्गठनले बताएको छ ।