कांग्रेसले सरकार चलाउन सक्दैन-जबरा

jabara

भदौ ४, काठमाण्डौ,

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले नेपाली कांग्रेसले सरकार चलाउन नसक्ने बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष जबराले एक महिना बितिसक्दा समेत मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको चर्को आलोचना गर्नुभयो ।

ओली सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेशको विरोध गर्नेले नै पार्टी फुटाउन पाउनेगरी अध्यादेश ल्याएको उल्लेख गर्दै अध्यक्ष जबराले नेपाली कांग्रेसले तीन, चार महिनाको अन्तरालमा शासन चलाउन नसक्ने दाबी गर्नुभयो ।

अध्यक्ष जबराले आफ्नो पार्टीेले हिन्दु राज्यको स्थापना र राजसंस्थाको झण्डा फर्फराएर मुलुकको प्रगतिको लागि अघि बढ्ने बताउनुभयो । राप्रपामा नयाँ प्रवेशी र पुराना सबै एकतावद्ध भएर अघि बढ्ने उहाँको भनाइ छ । अध्यक्ष जबराले आफूहरूले मुलुकलाई सुशासन दिने पनि उल्लेख गर्नुभयो ।