भारतको भन्दा नेपालको संक्रमणदर बढि, सचेत बन्न स्वास्थ्यकर्मीको आग्रह

fight with corona

बैशाख २९, पोखरा,

गएको हप्ताको तुलनामा यो हप्ता नेपालमा कोराना भाइरसको सङ्क्रमण झण्डै ५१ प्रतिशतले बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ४४ वटा जिल्लामा कोरोना भाइरसको सङ्क्रमण व्यापक रूपमा फैलिएको ।

प्रति लाख जनसङ्ख्यामा १०जनाभन्दा बढीमा सङ्क्रमण भएको पाइए व्यापक रूपमा सङ्क्रमण फैलिएको भनिन्छ । यस्तै भारतमा भन्दा नेपालमा अवस्था गम्भीर बन्दै गएको डाक्टरले बताएका छन् । दैनिक सङ्क्रमित सङ्ख्याको आधारमा प्रति १० लाख जनसङ्ख्यामा नेपालमा तीन सय चार जनामा सङ्क्रमण देखिएको छ भने भारतमा यो दर दुई सय ४० रहेको छ । यसले नेपालमा कोरोना संक्रमणको नाजुक अवस्थालाई दर्शाएको छ ।
यस्तै कोरोनाको जोखिमबाट बच्न अत्यावश्यक काममाबाहेक घरबाहिर ननिस्कने, मास्क लगाउने, भौतिक दुरीको ख्याल गर्ने, बेलाबेला साबुनपानीले हात धुन र स्यानिटाइजरको प्रयोग गर्न सबै अभ्यस्त भएपनि हेलचेक्राईँ गर्दा समस्या बढेकोले यसलाई सामान्य रुपमा नलिन स्वास्थ्यकर्मिले सुझाएका छन् ।